धन्न म त भुईमै पछारिएछु!
एक अर्काेसंग हुन निकै युद्ध गर्दछन् दुवै। काेहि माैन युद्ध गर्छन् त काेहि व्यक्त प्रस्फुटन सहित। लामाे प्रयास पछि लट्टाई जाेडिन्छ चङ्गाकै छातीमा। चङ्गा पनि अलिकति बहकिन्छ आफ्नाे साैम्यता बिर्सेर। सम्झन्छ चङ्गा फेरि जति लट्टाई साथ दिन्छ त्यहीँसम्म हाे मेराे उडान भनी।
लट्टाई पनि बुझ्दछ कि मेरै साथमा मात्र कसरी उड्न सक्छ र चङ्गा? केहि न केही हावाका वेगमा चल्न सक्नु पर्दछ चङ्गाले पनि। फेरि चङ्गा खाेजी रहन्छ लट्टाई मात्र कि लट्टाईकै साथमा हावालाई पनि काबु गर्छु भनी।
बेहाेशी अनि बेखबर बनि भुलेर सारा आफ्ना सिमाहरु एक अर्काकाे साथ पाई मस्त बनेका यि सारथीहरु...
टाढा टाढा दुर क्षितिज सम्म पुग्ने गरि लट्टाईकाे साहारा लिई मज्जाले मच्चिई रहन्छ चङ्गा। भलै त्याे चङ्गालाई पनि त थाहा छ जति सम्म लट्टाईले साथ दिन्छ आफै खुल्दै अनि तानिदै अन्त्यमा चेट हुनुपनि त छ। चेट भएकाे चङ्गा हतारिदै झर्छ हाेला र?
विस्तारै हावाका झाेकासंगै कावा खादै, लट्टाईले साथ दिदा सम्मकाे उन्माद एक नशा बनि रहेकाे स्वतन्त्रतालाई बिर्सदै, लट्टाईले उनेकाे चङ्गाकाे छाती कति सम्म बलियाे र कठाेर बनिरहन सक्ला?
बहकिदै आफ्नै वेपरवाह हाललाई वेवास्ता गरि कतै अनकन्टार तिर ओरालाे लागिरहँदा लट्टाईकाे साथकाे मात यसरी छुट्छ कि धर्तिकै धुलाेमा ठाेकिदा चङ्गाले पनि भन्दाे हाे "धन्न म त भुईमै पछारिएछु"!
No comments:
Post a Comment