जीवन यात्रा हाे भन्छन्!
जीवनकाे याे यात्रामा
काेही यसरी आउँछ
समयसंगै हराउँछ
हरायाे पनि कसरी?
मनका भित्ता भरि जाे
यादहरु लिपेकाे छ,
केहि खाेजी रहेकाे थियाे
केहि भेटि रहेकाे थिएन
निकै बेर खाेजी रह्यो
भित्र भित्र ..
अन्तरमनले अन्तरआत्मा सम्म
थकित पाे भयाे कि?
सायद केहि भेटेन हाेला
अनि आफ्नै यात्रालाई
निरन्तरता दियाे
भेटाउला खाेजेकाे कुरा
हुन पनि हाे
जीवन यात्रा हाे भन्छन्!
NaBin Words
Tuesday, 18 February 2025
Friday, 14 February 2025
`एक्लाे´
एक्लाे उपन्यास लेखक बुद्धिसागरद्वारा लिखित पुस्तक हाे। यस उपन्यासकाे प्रमुख पात्र श्रीकाे संघर्ष र उसले आफुले आफैलाई देशकाे राजधानी काठमाडौ सहरकाे वि.सं. २०५० काे दशककाे अवस्थाबारे चित्रण गरेकाे छ। भलै यस पुस्तक कपाेकल्पिल काल्पनिकताका दृष्टिले हेरिएता पनि यसमा उल्लेख भएका घटनाहरु वास्तविक त्यस ताकाकाे वस्तु स्थितिलाई ठोकुवाका साथ भन्न नसके पनि यश उपन्यासमा उदृत भएका वस्तु स्थिति तथा घटनाले तत्कालिन समयकाे झ-झल्काे पक्कै दिएकाे जस्ताे लाग्छ।
म स्वयम पठनकाे दृष्टिले हेर्ने हाे भने यस पुस्तकलाई प्रकाशित भएकाे वर्ष र याे पुस्तककाे स्वयमकाे बुझाई लेख्नु अघि मात्र गरि दुई पटक अध्ययन गरेकाे/पढेकाे छु। `एक्लाे´ शब्द नै यस पुस्तककाे शिर्षक हुनुकाे तात्पर्य एक विध्यार्थी उमेरकाे व्यक्ति जाे सहरमा आफू एस.एल.सी उत्तिर्ण पश्चात् जीवन संघर्षका वेलाकाे बारेमा वर्णन गरिएकाे छ। एक सामुदायिक विद्यालय देखि अध्ययन गरेकाे विद्यार्थीमा रहेकाे अङ्ग्रेजी आतंक मनमा रहिरहेकाे हुन्छ। जसका कारण उसले आ.ई.ए स्तरकाे परीक्षा उत्तीर्ण गर्न सकिरहेकाे हुदैन। झण्डै पाँच वर्षकाे सहरकाे बसाईमा उसले आफ्नाे घर-परिवार र आफुले वास्तविक भाेगेका घटनाहरु अरु काेहिसंग सुनाएकाे पनि हुदैन।
प्रमुख पात्र श्रीका कान्छाबुवाले उ परिक्षामा उत्तीर्ण नभएकाे थाहा पाउनु र उसलाई नियमित पैसा पठाउने बुवाले पनि पैसा नपठाउनु उसका लागि कष्टकर जीवन भएकाे हुन्छ।
समयले उसलाई रेडियाे फ्रिक्वेन्सीमा भेटिने टेलिफाेन संवादकाे आवाज संग परिचय गराउँदछ। विशेषतः उसकाे कलेज/क्यामपसमा परिचय भएकाे साथी टाेपकाे उपस्थिति पनि उसका लागि निकै महत्वपुर्ण सावित भईदिन्छ। जसरी टाेपका भनाईमा "काेशिश गर्नेकाे घाम पश्चिम आकाशमा डुब्दैन, उदाउँछ" भने जस्तै श्रीकाे विद्यार्थी जीवनकाे संघर्ष विद्यार्थी भई जागिरे अनि जागिरे संगै विद्यार्थी सम्मकाे यात्रा यस पुस्तकका उल्लेख गरिएकाे छ।
वास्तवमा कलिलाे उमेरकाे विद्यार्थी जसले सहर बुझेकाे हुदैन र उसका दुःख र असफलतामा आड भराेसा दिने व्यक्ति नभएकाे अवस्थामा उसले आफ्नो माैनता र कल्पनाशक्तिकै भरमा आफुलाई अगाडि बढाएकाे हुन्छ। उसले आफ्नाे असफलता लुकाएको हुन्छ।उसकाे क्षमताकाे पहिचान उसका सहायक पात्रहरुले गरिरहेका हुन्छन्। जसले गर्दा उसले जीवनमा पाएका अवसरहरुकाे सदुपयोग गर्दै उसकाे जीवन पश्चिम आकाशमा पुगेकाे घाम पनि उदाएकाे जस्ताे हुन्छ।
सहरकाे भिडमा उसकाे भाैतिकता एक्लाे भएता पनि उसकाे मानसिकतामा उसले विगतका भाेगाई र घर-परिवारकाे स्मृतिसंगै रेडियाे फ्रिक्वेन्सीले समाएकाे टेलिफाेन संवादकाे आवाजले उसलाई साथ दिईरहेकाे हुन्छ। जसरी हाैसला र केहि नयाँ कुरा सिक्न र बुझ्न पाएकाे हुन्छ।
जसरी यस उपन्यासकाे मुख्य पात्र श्री आफ्ना सपना र ईच्छा पूरा गर्न आफूले आफैलाई गुमनाम बनाई सहरकाे भिडमा एक्लाे भई हिडेकाे हुन्छ त्याे उसका लागि जीवन जीउने एक साधना र ध्यान बनेकाे हुन्छ। यस उपन्यासमा लेखकले एक सुखद अन्त्य गरेका छन्। अध्ययनका लागि सहर पसेकाे विद्यार्थी जस्तै यस संसारमा मानिसकाे भाैतिकता एक्लाे भएता पनि उसकाे मानसपटलमा विराट कल्पना, सपना, रहर, ईच्छा एवं चाहना बाेकेर हिडेकाे हुन्छ। दुःख, सुख, पिर, वेदना तथा कैयौं संवेदनाका खापाहरुमा आफ्ना भावना र स्मृतिले सजाएकाे हुन्छ। त्यसैले व्यक्ति स्वयमकाे मित्र तथा शत्रु दुवै हुन्छ। आफ्ना कल्पनामा आफैलाई रच्नु जिन्दगी जिउनुकाे कला बन्न पुग्दछ जसले व्यक्ति स्वयमकाे मित्र भएकाे साबित गर्दछ। त्यसैले हर मानिस सर्वप्रथम आफ्ना लागि अझ भनाै स्वयमका लागि साथी बन्न जरुरी छ।
Tuesday, 21 January 2025
धन्न म त भुईमै पछारिएछु!
एक अर्काेसंग हुन निकै युद्ध गर्दछन् दुवै। काेहि माैन युद्ध गर्छन् त काेहि व्यक्त प्रस्फुटन सहित। लामाे प्रयास पछि लट्टाई जाेडिन्छ चङ्गाकै छातीमा। चङ्गा पनि अलिकति बहकिन्छ आफ्नाे साैम्यता बिर्सेर। सम्झन्छ चङ्गा फेरि जति लट्टाई साथ दिन्छ त्यहीँसम्म हाे मेराे उडान भनी।
लट्टाई पनि बुझ्दछ कि मेरै साथमा मात्र कसरी उड्न सक्छ र चङ्गा? केहि न केही हावाका वेगमा चल्न सक्नु पर्दछ चङ्गाले पनि। फेरि चङ्गा खाेजी रहन्छ लट्टाई मात्र कि लट्टाईकै साथमा हावालाई पनि काबु गर्छु भनी।
बेहाेशी अनि बेखबर बनि भुलेर सारा आफ्ना सिमाहरु एक अर्काकाे साथ पाई मस्त बनेका यि सारथीहरु...
टाढा टाढा दुर क्षितिज सम्म पुग्ने गरि लट्टाईकाे साहारा लिई मज्जाले मच्चिई रहन्छ चङ्गा। भलै त्याे चङ्गालाई पनि त थाहा छ जति सम्म लट्टाईले साथ दिन्छ आफै खुल्दै अनि तानिदै अन्त्यमा चेट हुनुपनि त छ। चेट भएकाे चङ्गा हतारिदै झर्छ हाेला र?
विस्तारै हावाका झाेकासंगै कावा खादै, लट्टाईले साथ दिदा सम्मकाे उन्माद एक नशा बनि रहेकाे स्वतन्त्रतालाई बिर्सदै, लट्टाईले उनेकाे चङ्गाकाे छाती कति सम्म बलियाे र कठाेर बनिरहन सक्ला?
बहकिदै आफ्नै वेपरवाह हाललाई वेवास्ता गरि कतै अनकन्टार तिर ओरालाे लागिरहँदा लट्टाईकाे साथकाे मात यसरी छुट्छ कि धर्तिकै धुलाेमा ठाेकिदा चङ्गाले पनि भन्दाे हाे "धन्न म त भुईमै पछारिएछु"!
Monday, 30 December 2024
बुझाई !
चर्खा याे समयकाे कसरी अडाई रहन सकु?
तस्बिर न छ एउटा जसरी सजाई रहन सकु!
फर्कला र वेला याे कसरी बुझाई रहन सकु?
साेच आफै परावर्तन जसरी सुझाई रहन सकु!
आउने अनि जानेलाई कसरी समाई रहन सकु?
फेर्छन् दाेबाटामै यात्रा जसरी रमाई रहन सकु!
कसले सुन्छ के बुझछ कसरी देखाई रहन सकु?
शब्दहरु नै साथी मेरा जसरी लुकाई रहन सकु!
गल्ती अनि कमजाेरी कसरी दाेहाेराई रहन सकु?
भाेगाई नै रहेछ जिवन जसरी सच्याई रहन सकु!
चर्खा याे समयकाे कसरी अडाई रहन सकु?
तस्बिर न छ एउटा जसरी सजाई रहन सकु!
फर्कला र वेला याे कसरी बुझाई रहन सकु?
साेच आफै परावर्तन जसरी सुझाई रहन सकु!
आउने अनि जानेलाई कसरी समाई रहन सकु?
फेर्छन् दाेबाटामै यात्रा जसरी रमाई रहन सकु!
कसले सुन्छ के बुझछ कसरी देखाई रहन सकु?
शब्दहरु नै साथी मेरा जसरी लुकाई रहन सकु!
गल्ती अनि कमजाेरी कसरी दाेहाेराई रहन सकु?
भाेगाई नै रहेछ जिवन जसरी सच्याई रहन सकु!
Add reaction |
Subscribe to:
Posts (Atom)
जीवन यात्रा हाे भन्छन्! जीवनकाे याे यात्रामा काेही यसरी आउँछ समयसंगै हराउँछ हरायाे पनि कसरी? मनका भित्ता भरि जाे यादहरु लिपेकाे छ, केहि खाेज...
-
बुझाई ! चर्खा याे समयकाे कसरी अडाई रहन सकु? तस्बिर न छ एउटा जसरी सजाई रहन सकु! फर्कला र वेला याे कसरी बुझाई रहन सकु? साेच आफै परावर्तन जसरी ...
-
के गर्नु चङ्गा जस्ताे मनले, गर्नु के याे मैलाे, पापी धनले !! अन्न र पानीकाे देन छ यहाँ , जब साथ दिन्न अाफ्नै तनले !! @nbthm_nbn
-
`एक्लाे´ एक्लाे उपन्यास लेखक बुद्धिसागरद्वारा लिखित पुस्तक हाे। यस उपन्यासकाे प्रमुख पात्र श्रीकाे संघर्ष र उसले आफुले आफैलाई देशकाे राजधान...