Monday, 30 December 2024

बुझाई !
चर्खा याे समयकाे कसरी अडाई रहन सकु?

तस्बिर न छ एउटा जसरी सजाई रहन सकु!

फर्कला र वेला याे कसरी बुझाई रहन सकु?
साेच आफै परावर्तन जसरी सुझाई रहन सकु!

आउने अनि जानेलाई कसरी समाई रहन सकु?
फेर्छन् दाेबाटामै यात्रा जसरी रमाई रहन सकु!

कसले सुन्छ के बुझछ कसरी देखाई रहन सकु?
शब्दहरु नै साथी मेरा जसरी लुकाई रहन सकु!

गल्ती अनि कमजाेरी कसरी दाेहाेराई रहन सकु?
भाेगाई नै रहेछ जिवन जसरी सच्याई रहन सकु!


जीवन यात्रा हाे भन्छन्! जीवनकाे याे यात्रामा काेही यसरी आउँछ समयसंगै हराउँछ हरायाे पनि कसरी? मनका भित्ता भरि जाे यादहरु लिपेकाे छ, केहि खाेज...